काठमाडौं । आइतबार नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएर ८ सदस्यीय मन्त्रिमण्डल बनेपछि थप मन्त्रिमण्डल विस्तारमा भने सात दलीय गठबन्धन अनिर्णित रहेको छ । गठबन्धनभित्रका केही दलहरुले सरकारमा जाने बारेमा पार्टीबाट निर्णय गर्न बाँकी रहेकाले गठबन्धन अनिर्णित बनेको हो ।
सरकारलाई समर्थन गरेको राप्रपाले बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सरकारमा जाने निर्णय गरेको छ भने जसपाले यसबारे निर्णय लिन यही साता बैठक बोलाएको छ । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने आफ्ना नेता रेशम चौधरीको रिहाइ भएमात्रै सरकारमा सहभागी हुने बताउँदै आएको छ ।
यस्तो सन्दर्भमा हाल एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक, जनमत पार्टीबाट एक र माओवादी केन्द्रबाट एक जना मन्त्री बनेका हुन् । माओवादी केन्द्रका अनुसार पूर्वसहमतिअनुसार पार्टीबाट नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाइएको र अन्य मन्त्रीहरुको बारेमा गठबन्धन दलहरुको बैठक बसेर निर्णय भएपछि पार्टीको पनि केन्द्रीय कार्यालयको बैठक बसेर टुंगो लगाइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
चन्द्रकुवेर खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त
मन्त्रिपरिषद्को बैठक बस्दै
बागमतीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लामा
मन्त्रिपरिषद् बैठक बस्दै
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै