काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–५ घर भएर चितवन बस्ने ५१ वर्षीय पंचम अकौलिया र खोटाङ घर भएर काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ४८ वर्षीय जयकृष्ण राई छन् ।
पाटन उच्च अदालतले २०७९ जेठ २४ मा पंचमलाई ५ दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको थियो । २०७९ चैतमा जयकृष्णलाई २ दिन कैद र ५ लाख जरिवान ठहर गरेपछि उनि फरार थिए । पंचमलाई चितवनको भरतपुरबाट र जयकृष्णलाई काठमाडौंको चुनिखेलबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ । उनीहरूलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, ०३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ