काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–५ घर भएर चितवन बस्ने ५१ वर्षीय पंचम अकौलिया र खोटाङ घर भएर काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ४८ वर्षीय जयकृष्ण राई छन् ।
पाटन उच्च अदालतले २०७९ जेठ २४ मा पंचमलाई ५ दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको थियो । २०७९ चैतमा जयकृष्णलाई २ दिन कैद र ५ लाख जरिवान ठहर गरेपछि उनि फरार थिए । पंचमलाई चितवनको भरतपुरबाट र जयकृष्णलाई काठमाडौंको चुनिखेलबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ । उनीहरूलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, ०३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ