काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा नाकाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । खैरो हेरोइन जस्तो देखिन ४ ग्राम ५ मिलिग्राम पदार्थसहित सोमबार उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १७ का २४ वर्षीय सिद्धार्थ चौधरी र सोही ठाउँका २४ वर्षीय दिनेश चौधरी रहेका छन् ।झापादेखि काठमाडौं आउँदै गरेको बागमती प्र ०३-००१ ख १६०१ नम्बरको बसलाई चेकजाँच गर्न क्रममा उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ