काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा नाकाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । खैरो हेरोइन जस्तो देखिन ४ ग्राम ५ मिलिग्राम पदार्थसहित सोमबार उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १७ का २४ वर्षीय सिद्धार्थ चौधरी र सोही ठाउँका २४ वर्षीय दिनेश चौधरी रहेका छन् ।झापादेखि काठमाडौं आउँदै गरेको बागमती प्र ०३-००१ ख १६०१ नम्बरको बसलाई चेकजाँच गर्न क्रममा उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ