बझाङ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। सोमबार बेलुकी करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ का चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।
झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु