काठमाडौँ । प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो।
स्रोतका अनुसार उक्त जिम्मेवारी सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रस्ताव गरिएको थियो। उनले प्रवक्ताको जिम्मेवारी लिन अस्विकार गरेपछि तत्काललाई प्रवक्ताको जिम्मेवारी पौडेललाई दिइएको हो।
उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा
विष्णु पौडेललाई थप ३ दिनको म्याद थप
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
पूर्व अर्थमन्त्री विष्णु पौडेललाई लगियो विशेष अदालत
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा उपस्थित