काठमाडौं। बागमती प्रदेशको महिला टोलीले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको निर्धारित ४० ओभरको २ खेलको श्रृंखला २–० ले सोमबार जितेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको दोश्रो खेलमा बागमतीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई ४ विकेटले पराजित गर्दै श्रृंख्ला २–० ले कब्जा गरेको हो । पहिलो ४० ओभरको खेलमा बागमतीले हङकङलाई २ विकेटले हराएको थियो ।
पहिले ब्याटिङ गरेको हङकङले २५ ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । हङकङकी कप्तान क्यारी च्यानले २२, इम्मा लाइले १६ र हेली लुइले १४ रन जोडे । बागमतीकी खुशी डंगोल र सोनी पाख्रिनले ३–३ तथा कप्तान अस्मिना कर्माचार्यले २ र विपिशा शाहीले १ विकेट लिए ।
जवाफमा बागमतीले २९।२ ओभरमा ६ विकेट क्षतिमा १०२ रनको विजय लक्ष्य हासिल ग¥यो । बागमतीका सोनी पाख्रिनले २७, कञ्चन श्रेष्ठले २५ र सलिना सिलवालले अविजित २१ रन प्रहार गरे । हङकङका बेट्टी च्यानले ३, इम्माले २ र क्यारीले १ विकेट हात पारे ।
बागमतीकी सोनी ‘वोमन अफ म्याच’ घोषित भइन् । पहिलो खेलमा पनि सोनी नै ‘वोमन अफ द म्याच’ बनेकी थिइन् ।प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलाअन्तर्गत अब बागमतीले हङकङसंग २ टी– २० खेल खेल्ने छ । पहिलो खेल मंगलबार तथा दोश्रो बिहीबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !