काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने तर आफूहरु सरकारमा नजाने बताएका छन।
यतिबेला नयाँ वानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठब बसिरहेको छ । उक्त बैठकमा जानुअघि पत्रकारहरुसँग बोल्दै अध्यक्ष लिङ्देनले राप्रपा तत्काल सरकारमा नजाने बताएका हुन् ।
यसअघि राप्रपाले सरकारमा जान चार शर्त पेश गरेको थियो । उसले सरकारमा जानका लागि पृथ्वीनारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दू राष्ट्र कायम तथा संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने माग राखेकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त