जेष्ठ नागरिकहरुकै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको हो : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, १४ : २४
जेष्ठ नागरिकहरुकै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको हो : उप प्रमुख अधिकारी

भरतपुर । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले जेष्ठ नागरिक हरुकै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको बताएका छन । उप प्रमुख अधिकारीले २०६२र०६३ को जन आन्दोलनमा जेष्ठ नागरिकहरुले पुर्‍याएको योगदान कै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापना हुन पुगेको प्रष्ट पारे । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा  भरतपुर महानगरपालिका र ज्येष्ठ नागरिक सघ चितवनको सयुक्त आयोजनामा सोमबार भरतपुरमा भएको अन्तरक्रिया कार्यक्रमलाई उद्घघाटन गर्दै उप प्रमुख अधिकारीले भने, 'जेष्ठ नागरिकहरु लोकतन्त्र र गणतन्त्रका नायक हुनुहुन्छ'।  

आगामी तेस्रो जेष्ठ नागरिक दिवसलाइ महानगरको सहयोगमा भब्य रुपबाट मनाउने गरि महानगर सहयोग गर्न तयार रहेको पनि उप प्रमुखले उल्लेख गरे । महानगर जेष्ठ नागरिक आमा बुवा हरुकै साथमा छ, तपाईंहरुको सुख दुखमा महानगरले परिवारको सदस्यको रुपमा सहयोग गर्न तयार छ ।

जेष्ठ नागरिकहरुका लागी भरतपुरमा रहेका अस्पतालहरुमा समन्वय गरि १० शैया छुट्याइएको भएता पनि आगामी दिनहरुमा अझ बढी सेवा सुबिधा उपलब्ध गराउने उप प्रमुखको प्रतिबद्धता रहेको छ ।

कार्यक्रम अधिबक्ता एक नारायण सापकोटाले कानुनी प्रशिक्षण दिएका छन । त्यस्तै कार्यक्रममा सस्थाका कार्यबाहक अध्यक्ष  माधब शर्मा घिमिरेले कार्यक्रमको विषय बस्तु माथी प्रकाश पारेका थिए । 

कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, सस्थाका केन्द्रिय सदस्य भोजराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस