काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भट्टराईले बधाई दिएका हुन् ।
भेटेर बधाई दिएपछि भट्टराईले जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गर्न प्रस्ताव गरेका छन् ।
‘क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं’, भट्टराईको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
प्रतिनिधि सभा चुनावका लागि महोत्तरी-४ बाट ‘प्रचण्ड’को नाम सिफारिस
प्रचण्डको सचिवालयले भन्यो– 'रास्वपासँग चुनावी सहकार्यका विषयमा कुनै कुराकानी भएको छैन'
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड