जेष्ठ नागरिकहरु समाजका ज्युदो इतिहास हुन : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, १४ : ४९
जेष्ठ नागरिकहरु समाजका ज्युदो इतिहास हुन : उप प्रमुख अधिकारी

भरतपुर । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले जेष्ठ नागरिकहरु समाजका ज्युदो इतिहास भएको बताएका छन । जेष्ठ नागरिकहरु समाज र रास्ट्रका बहुमुल्य गहना भएको बताउदै उप प्रमुखले जेष्ठ नागरिकलाई सधै सम्मान गरिरहन पर्नेमा जोड दिए। 

जेष्ठ नागरिक सघ चितवन उपशाखा भरतपुर ३ ले दोस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस २०७९ को अवसर पारेर आयोजना गरेको सम्मान कार्यक्रमलाई आइतबार नारायणगढमा सम्बोधन गर्दै उप प्रमुखले हरेक दिनलाई अब हामीले जेष्ठ नागरिकमय बनाउनु पर्ने टिप्पणी समेत गरे। 

भरतपुर महानगरपालिकाले हरेक वडा वडामा जेष्ठ नागरिक तथा बालबालिकाहरुको लागी दिवा सेवा केन्द्र निर्माण गर्ने तयारी गरिरहेको जनाउदै महानगरले जेष्ठ नागरिक बालबालिका तथा अपांगहरुको सरक्षण र सम्बर्द्धन गर्ने कार्यमा कुनै कसुर बाकी नराखी काम गरिरहेको पनि उल्लेख गरे ।वैदेशिक रोजगारीमा गएका युवा युवतीहरुका आमा बाबुहरुको अवस्था दयनीय बन्दै गएको प्रति दुख व्यक्त गर्दै उप प्रमुखले जेष्ठ नागरिकहरुलाइ पछिल्लो समय बृद्वा आश्रममा लगेर राख्ने प्रवृत्ति मौलाएको समेत प्रष्ट पारे ।  कार्यक्रममा वडा न ३ का बृद्व जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस