पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, ११ : ५५
पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत

एजेन्सी । लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएका बीबीसीले जनाएको छ । फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ ।

मेस्सीले पीएसजीमा थप एक वर्ष रहने गरी सम्झौता नवीकरण गर्ने तयारी छ । मेस्सी सन् २०२१ मा बार्सिलोना छाडेर पीएसजी गएका थिए । उनले त्यहाँ २ वर्षको सम्झौता गरेका थिए । मेस्सीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्व कप फुटबलको उपाधि समेत जितेको छ । सात पटकको बालोन डीओर विजेता मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका थिए । उनले विश्व कपमा ७ गोल र ३ असिस्ट गरेका थिए । फाइनलमा उनले दुई गोल गरे । मेस्सी विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस