काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरुबाट मासिक जम्मा ३ लाख ८३ हजार रुपैयाँ लेबी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रुपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रुपैयाँ लेबी उठाउने निर्णय गरेको हो ।
यस्तै संघीय संसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ । राष्ट्रियसभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रुपैयाँ उठाउनेछ ।
माओवादीका एक पदाधिकारीले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले पार्टीमा बुझाउने मासिक लेवी १२ हजार रुपैयाँ सांसदका दरले निर्धारण गर्ने निर्णय भएको जानकारी दिए ।
यसैगरी प्रदेश सभाका सांसदहरुले पाउने तलब, भत्ता र अन्य सेवा सुविधा प्रदेशहरुमा फरक फरक भएकाले प्रदेश सभाका मन्त्री र सांसदहरुको लेवी निर्धारण सम्बन्धित प्रदेशको पार्टी समितिले गर्ने निर्णय भएको छ ।
प्रदेशहरुबाट उठेको मासिक लेवी ८० प्रतिशत सम्बन्धित प्रदेशमा राख्ने र बाँकी २० प्रतिशत लेवी रकम अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउने निर्णय पनि भएको ती नेताको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले फेरि माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
विद्यालाई राजनीतिमा आउन नदिने एमालेको निर्णय प्रथम दृष्टिमै बदरयोग्य: माओवादी
माओवादीको स्थायी समिति बैठक साउन १६ मा बस्ने
माओवादी र नेसपा एकता पश्चात १५ जना वैकल्पिक केन्द्रीय सदस्य समायोजन
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार