काठमाडौं । बाराको आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नेपाली एक हजार रुपैयाँ दरको नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो ।
३ सय ४० थान नक्कली नोटसहित सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसमेत ३ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ