काठमाडौं । प्रहरी कार्यालय धुलाबारीले प्रतिबन्धित लागूऔषधसहित जनालाई पक्राउ गरेको छ ।
हिजो साँझ ६ बजेको झापा मेचिनगर नगरपालिका १० कनिष्का धर्मकाटा स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको दार्जीलिङ कवलाजोत बस्ने २३ वर्षका सारदिन महमदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्राम फेला परेकोले नियन्त्रणमा लिएको हो ।
महमदलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ