लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०८२, १४ : ३२
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

बर्दिया । बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलि ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमै बस्ने ३० वर्षीय नगेन्द्र पुनलाई शुक्रबार बिहान प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

हाल उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस