काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय २० मिलिग्राम र नगद २५ हजार रूपैयाँसहित नयाँ बसपार्क बस्ने काभ्रे रोशी गाउँपालिका-१० घर भएका २९ वर्षीय राम बहादुर दुलाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि एक जनालाई नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय आकाश चौधरीसमेत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित दुई जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बङ्क बस्ने २६ वर्षीय प्रदिप ऐरी र बेदकोट नगरपालिका-२ जडेपानी बस्ने २९ वर्षीय जनक बोहरा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बागमती प्रदेश.०२-०५० प ७३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८४ ग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश डगौरालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको गौरीगंज गाउँपालिका-५ फत्तेपुर बोडरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय १० मिलिग्रामसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बस्ने २७ वर्षीय निमा दोर्जी तामाङ र ३८ वर्षीय सुक बहादुर राई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ