काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, नेपालका लागि संयुक्त गणतन्त्र ताञ्जानियाका कापुफी एमबेगा र नेपालका लागि सर्बियाका सिनिसा पेभिक रहेका छन् ।
उनीहरुमध्ये एकजना नेपालका लागि आवासीय र दुई जना गैर आवासी राजदूतहरु हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट बिदाइ
राष्ट्रपति भण्डारीद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग सामूहिक भेटवार्ता
सन्तुलित परराष्ट्र नीति आवश्यक : राष्ट्रपति भण्डारी
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति भण्डारी बागलुङमा
स्वास्थ्य सेवाको पहुँच सबै नेपालीसम्म पुग्नु आवश्यक छ : राष्ट्रपति भण्डारी