दलित समुदायबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा २८ जना

सफल खबर संवाददाता

विहीबार, २९ मंसिर २०७९, ०८ : ३९
दलित समुदायबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा २८ जना

काठमाडौँ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा एमालेबाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ  (सुनसरी), नेकपा माओवादी केन्द्रबाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विशवकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

त्यसैगरी, मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी (सर्लाही) र निलमकुमारी रजक (सप्तरी), एमालेबाट पलटीदेवी महरा (धनुषा), जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग (सप्तरी), जनता समाजवादी पार्टी नेपालबाट ललिता दास (सिरहा), माओवादी केन्द्रबाट शारदा दास पहाडी (धनुषा) र नेकपा एकीकृत समाजवादीबाट किशोरी देवी (रौतहट) गरी सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

बागमती प्रदेशमा एमालेबाट बालकुमारी विश्वकर्मा (काठमाडौँ) र कांग्रेसबाट सुना परियार ९काठमाडौँ० तथा गण्डकी प्रदेशमा एमालेबाट गोविन्दबहादुर नेपाली ९बागलुङ० र नन्दकला दमै नेपाली ९कास्की०, कांग्रेसबाट दिलमायाँ पौवी ९बाग्लुङ० र टीकाकुमारी बस्याल ९लमजुङ० तथा माओवादी केन्द्रबाट दमयन्ती रुचाल ९बर्दघाट सुस्ता पूर्व० गरी पाँच जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

यस्तै, लुम्बिनी प्रदेशमा एमालेबाट इन्द्रकुमारी गहतराज ९पाल्पा० र रेखाकुमारी शर्मा ९दाङ०, कांग्रेसबाट लोकीकुमारी विक ९दाङ० तथा माओवादी केन्द्रबाट यमबहादुर नेपाली सार्की ९गुल्मी० प्रदेशसभा सदस्यमा निर्वाचन भएका छन्। कर्णाली प्रदेशमा एमालेबाट गमता विक ९दैलेख०, कांग्रेसबाट लक्ष्मी सुनार ९सल्यान० र माओवादी केन्द्रबाट उर्मिला विश्वकर्मा ९रोल्पा० गरी तीन जना दलित समुदायबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा एमालेबाट हीरा सार्की ९कञ्चनपुर०, कांग्रेसबाट ललिता सुनार ९कैलाली० र माओवादी केन्द्रबाट लक्ष्मी विक ९दार्चुला० गरी तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशतर्फ प्रत्यक्षमा गण्डकी प्रदेशमा सीता सुनदास र कर्णालीमा रनसिंह परियार मात्रै विजयी भएका थिए । योसँगै प्रदेशसभामा दलित समुदायको प्रतिनिधित्व ३० पुगेको छ ।

त्यसैगरी, प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकतर्फ १५ जना निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। प्रतिनिधसभामा समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ सांसद निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस