एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा भीषण वर्षाका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ।
राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मङ्गलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट(नगाफुलाका रहेको बताइएको छ।
वर्षाका कारण धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कंगोमा इबोलाको प्रकोप: विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्यो विश्व स्वास्थ्य संकटकाल
कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु
कंगोमा डुंगा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता