काठमाठौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले रेशम चौधरीलगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेतारकार्यकर्ता रिहा गर्न ल्याउन लागेको अध्यादेशप्रति गम्भीर आपत्ति जनाएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सत्तामा ल्याउन सजिलो हुने गरी अध्यादेश जारी गर्न लागेको छ। त्यसप्रति राप्रपा नेपालका अध्यक्ष थापाले आपत्ति जनाएका हुन्।
‘सत्ता स्वार्थका निम्ति नयाँ संसद्को बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिने गरी ल्याउन खोजिएको अध्यादेश आपत्तिजनक छ,’ अध्यक्ष थापाले भनेका छन्, ‘लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोकिनुपर्छ।’सरकारको उक्त निर्णयप्रति एकपछि अर्का नेताले विरोध गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ