कांग्रेस बैठक

कार्य सम्पादन समितिकाे बैठक सकियाे, प्रधानमन्त्री देउवालाई विशेष अधिकार

सफल खबर संवाददाता

शनिबार, २४ मंसिर २०७९, १४ : २९
कार्य सम्पादन समितिकाे बैठक सकियाे, प्रधानमन्त्री देउवालाई विशेष अधिकार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन असमर्थ भएको छ । समितिमा प्रस्तावित नामहरूमा सहमति नजुटेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नै नाम टुङ्गो लगाउन विशेष अधिकार दिइएको छ ।

कांग्रेसले संघबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउनुपर्नेछ । केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकलगत्तै यतिबेला सभापति देउवा आफ्नो च्याम्बरमा पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् । दलहरूले आज अपरान्हसम्म समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।