पाल्पा सवारी दुर्घटनामा एक जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २४ मंसिर २०७९, १० : १५
पाल्पा सवारी दुर्घटनामा एक जनाको मृत्यु

बुटवल । पाल्पामा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको ओमसतिया गाउँपालिका १ का ३४ वर्पीय रामबहादुर गुप्ताको मृत्यु भएको हो । 

दुर्घटनामा सोही ठाउँका ३० वर्षका भीमबहादुर बस्याल घाइते भएका छन् । बगनाशकाली गाउँपालिका –३ आर्यभन्ञ्ज्याङमा सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेनबाट राम्दीतर्फ जाँदैगर्दा उनीहरु सवार भएको लु २९ प ४३२६ नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।

एउटै दिशामा हिँडिरहेको लु १ क १७६४ नम्बरको ट्रकलाई ओभरटेक गर्नखोज्दा बिपरित दिशाबाट आएको ग ३ च १५७९ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस