काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को बैठक बसेर मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा भएको छ । शुक्रबार पार्टी कार्यालयमा बैठक बसेर निर्वाचनसम्बन्धी सबै विषयलाई केन्द्रमा राखेर छलफल भएको पार्टीका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
‘आज संघीय निर्वाचनको विषयमा समीक्षा गरिएको छ । यसरी नै प्रदेश र जिल्लामा समेत समीक्षा गर्छौँ’, यादवले भने । उनले चुनावमा सोचेजस्तो नतिजा नआएको भन्दै अब फरक ढंगले सोच्नुपर्ने अवस्था आएको बताए । उनले सरकारमा सहभागिता र माओवादीसँग पार्टी एकताका विषयमा भने आजको बैठकमा कुनै छलफल नभएको बताए ।
नेपाल समाजवादी पार्टीका उम्मेदवार यो चुनावमा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर उठेका थिए । जसमा प्रतिनिधि सभामा महिन्द्र राय यादव तथा प्रदेश सभामा गंगानारायण श्रेष्ठ र फणीन्द्र देवकोटा मात्रै निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...