काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्लाहीमा भएको अन्तर्घातका विषयमा दुवै पक्षसँग छलफल गरेका छन् । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षका नेताहरूलाई बोलाएर चुनावमा भएको अन्तर्घातका विषयमा चासो राख्दै प्रचण्डले छलफल गरेका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राययादव,अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह, हरिवन, बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता लगायत जिल्ला कमिटीमा भएका नेतासँग छलफल गरेका हुन् । ‘सिएमले दुवै पक्षको कुरा सुन्नुभयो । यो विषयमा उजुरी दर्ज भयो । पार्टी केन्द्रीय समिति र स्थायी समितिमा छलफल हुन्छ भन्नुभयो’ मधेस प्रदेशका इन्चार्ज गणेश साहले भने, ‘त्यसपछि दोषी भएको नभएको सबै खुल्छ । अहिले नै केही भन्न मिल्दैन । यो अन्तर्घातको विषय यथावत रहन्छ भन्नुभएको छ ।’ तर, पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राय यादवले प्रचण्डले पार्टीमा अन्तर्घात गर्नेहरूको विषयमा कमिटी बनाएर छानबिन गर्ने घोषणा गरेको बताए । तर, आफू भने दोषी नभएको छलफलबाट खुलेको यादवले बताए ।
‘मेरो विरुद्ध उजुरी हाल्नेको कुरा सन्नुभयो । मेरो कुरा सुन्नुभयो’ यादवले भने, ‘दुवै पक्षको कुरा सुनेपछि केही रहेनछ । तपाईँले त्यस्तो कुनै अन्तर्घात गर्नु भएको रहेनछ भन्नुभयो ’ पार्टी अध्यक्षले समेत छलफल गर्दा अन्तर्घात नगरेको पुष्टि भएकाले निर्दोष भएको यादवको दावी छ ।
यादवले सर्लाही ३ का माओवादी उम्मेदवार नरेन्द्र कलवार साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गरेका छन् । पार्टीका आधिकारिक उम्मेदवार नरेन्द्र कलवार साहलाई भोट नमागेर एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीलाई भोट मागेको भन्दै उजुरी परेको छ । यस्तै सर्लाही जिल्ला इन्चार्ज काफ्ले समेत अन्तर्घात गरेको भन्दै चार स्थानीय तह कमिटीले कारबाहीको सिफारिस गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड