सप्तरी । कञ्चनरूप नगरपालिकामा बुधबार बिहान ३९ केजी गाँजा फेला परेको छ । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना५ख १५६१ नम्बरको अग्नी यातायातकाे बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडि बेपत्ता भएपछि लगेजमाथि शंका लागेर बस चालकले प्रहरीलाई खबर गरेकाे थियाे । बस खानतलासी गर्दा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादवले बताए ।
उक्त जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कन्चनरूपको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा चार पोका गाजा फेला परेको डिएसपी यादवको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद
सिरहाबाट दुई क्विन्टल गाँजा बरामद
रौतहटमा ३३४ किलो गाँजा बरामद
सुनसरीबाट ५ हजार केजी गाँजा बरामद
दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ
सुनसरीमा २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा