एजेन्सी । युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको छ ।
युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । आक्रमणपछि सार्वजनिक भएका केही तस्वीरहरुमा जाडोबाट जोगिन न्याना कपडा लगाएका मानिसहरु भूमिगत रेल स्टेशनहरुमा शरण लिएर बसेको देखिन्छ । यतिबेला त्यहाँको तापक्रम माइनस ५ डिग्री सेल्सियस छ ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एयर डिफेन्स फोर्सले केही रुसी मिसाइललाई असफल पारेको बताएका छन् । साथै उनले बिजुली आपूर्ति सुरु गराउने काम भइरहेको जानकारी पनि दिएका छन् ।
रुसको मिलिट्री एयरफिल्डमा अज्ञात पक्षबाट विष्फोट गराइएपछि युक्रेनमाथि मिसाइल आक्रमण भएको हो । यो क्षेत्र युक्रेनदेखि सकडौं किलोमिटर टाढा पर्दछ । यो आक्रमणमा केही व्यक्ति मारिएको अनुमान छ । यद्यपि यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने