एजेन्सी । करिब ८५ वर्षअघि हराएको तस्मानियाली बाघको अवशेष अहिले अस्ट्रेलियाको एउटा संग्रहालयको अलमारीमा भेटिएको छ। सायद यो अन्तिम तस्मानियन बाघ थियो। यो बाघको सन् १९३६ मा होबार्ट चिडियाखानामा मृत्यु भएको थियो र त्यसपछि यसको शव स्थानीय संग्रहालयलाई हस्तान्तरण गरिएको थियो।
तर त्यसपछि बाघको कंकाल र छालामा के भयो, त्यो भने रहस्य नै रह्यो। तस्मानियन संग्रहालय र आर्ट ग्यालरीमा बाघको अवशेषको बारेमा कुनै जानकारी थिएन। यी अवशेषहरू फ्याँकिएको उनीहरूको विश्वास थियो। अब नयाँ अनुसन्धानले ती अवशेषहरू सङ्ग्रहालयमै सुरक्षित राखिएको तर सूचीकरण गर्न नसकेको पत्ता लागेको छ।
सन् २००० मा लुप्तप्राय प्रजाति नामक पुस्तक लेख्ने रोबर्ट प्याडलले भने, ‘वर्षौँदेखि धेरै सङ्ग्रहालय र अनुसन्धानकर्ताहरूले यस बाघको अवशेष पत्ता लगाउन असफल प्रयास गरे। उनीहरूले बाघको शव फ्याँकिएको अनुमान गरे।’
तर संग्रहालयको सुरक्षामा खटिएका कर्मचारीहरूले अप्रकाशित रिपोर्ट हात पारेपछि उनीहरूले संग्रहालय सफा गर्न थाले। फलस्वरूप, उनीहरूले संग्रहालयको शिक्षा विभागको अलमारीमा पोथी बाघको अवशेष फेला पारे।
यसलाई अष्ट्रेलियाका धेरै ठाउँमा प्रदर्शनीको लागि लगिएको थियो, तर संग्रहालयका कर्मचारीहरूलाई थाहा थिएन कि यो अन्तिम तस्मानियन बाघको अवशेष हो। अहिले यो बाघको कंकाल र छाला होबार्टको संग्रहालयको प्रदर्शनीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ
नेपालमा बाघको संख्या बढ्दै जाँदा बासस्थानको समस्या
बाघको आक्रमणबाट सप्तरीमा ३ जना घाइते, नियन्त्रणको प्रयास जारी
पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’
बाँकेमा पाटे बाघ मृत भेटियो
बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु