काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ।
समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना भएको छ। पहिलो स्थानमा रहेको एमालेको २८ लाख १४ हजार ६५५ मत छ भने दोस्रो स्थानमा रहेको कांग्रेसको २६ लाख ८८ हजार २१८ मत छ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ लाख ८६ हजार ८१६, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ। नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण प्रक्रिया प्रारम्भ
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्