आपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

एजेन्सी

आइतबार, १८ मंसिर २०७९, १३ : १९
आपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

सान साल्भाडोर। अपराधिक गिरोहविरुद्धको वृहत दमनको एक अंशको रूपमा करिब १० हजार सुरक्षाकर्मीले एल साल्भाडोरको सोयापांगो सहरलाई घेरा हालेका छन् । सहरतर्फ जाने सम्पूर्ण सडक अवरुद्ध भएका छन् र गिरोहका सदस्यहरूलाई पक्राउ गर्न विशेष फौजले घरमा खोजी कार्य गरेको छ ।

अधिकारीहरूले शहर छोड्ने प्रयास गर्ने सबैलाई रोकेका छन् र कागजातहरू जाँच गरिरहेका छन् । पछिल्लो कारबाही यस वर्षको सुरुमा हिंसामा बृद्धि भएपछि गिरोहहरू विरुद्धको ठूलो दमनको एक हिस्सा हो ।

हालसम्म १२ जना पक्राउ परेको न्यायमन्त्रीले बताए । सोयापांगो एल साल्भाडोरको सबैभन्दा ठूलो शहरमध्ये एक हो । यहाँ २ लाख ९० हजारभन्दा बढी मानिसहरू बसोबास गर्छन् । राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर (८ माईल) पश्चिममा रहेको यो सहर लामो समयदेखि गिरोह गतिविधिको केन्द्रको रूपमा परिचित छ ।
 

प्रतिक्रिया दिनुहोस