एजेन्सी । इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराइ ११२ किलोमिटर (७० माइल) थियो ।
भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ। तर इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले सो भूकम्पको म्याग्निच्युड ६ दशमलब ४ रहेको जनाएको छ ।
भूकम्प राजधानी क्वालालम्पुरसहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । गत महिना गएको विनाशकारी भूकम्पका कारण सहरमा ३३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किमाथांका केन्द्र भएर भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो
पश्चिम नेपालमा भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प