नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

पत्रपत्रिकाबाट

विहीबार, १४ असार २०७५, ०८ : ५१
नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

व्रिटिश काउन्सिलले नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले नेपालका १९ स्कुललाई उक्त अवार्ड  प्रदान गरेको हो ।

काउन्सिलले गत सोमबार काठमाडौंमा एक समारोह गरी नेपालका विभिन्न स्थानमा रहेको १९ स्कुललाई संयुक्त रुपमा अवार्ड प्रदान गरेको हो । काउन्सिलले ६ बर्षदेखि यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।

उक्त अवार्ड व्रिटिस दुतावासको नेपाल मामिला प्रमुख कार्यवाहक राजदुत एलिसन म्याकइवेनले हस्तान्तरण गरेकी थिईन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस