विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् ।
विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए ।
नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ,’ उनले भने, ‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छौं ।’
शेखर कोइरालाको टिमबाट महामन्त्री जितेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी आक्रामक रुपमा अगाडि बढिरहेका छन् । तर कोइरालाले भने खुलेर बोलेका छैनन् ।
‘पार्लामेन्ट्री पार्टीको लिडरसीपको लागि मुख्य नम्बर (सदस्य संख्या) गेम नै हो,’ उनले भने, ‘अब हामीले कोशिस गर्ने हो त्यो नम्बर पुर्याउनलाई । नम्बर गेम लिनलाई हामीले प्रयास गर्ने, त्यो बेग्लै कुरा भो तर नम्बर पुगेन भने शिथिल भएर बस्ने त होइन, हाम्रा एजेण्डाहरु छँदैछन् त्यसलाई अगाडि बढाउने हो ।’
उनले संसदीय दलको नेतामा दावी गरिरहेका नेता गगन थापासँग आफ्नो फोनमा मात्रै कुरा भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?
प्रधानमन्त्रीलाई कटाक्ष गर्दै शेखर कोइरालाले किन यस्तो भने- यस्तै रहेछ यहाँको चलन ?
शेखर कोइराला पक्षको भेला विशालनगरमा सुरु
‘कुलिङ अफ पिरियड’लाई अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना होइन: शेखर कोइराला