काठमाडौं । नेपाल एयरलाइन्सको जहाजलाई बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट थाइल्याण्डका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपनि बंगलादेशमा आकस्मिक अवतरण गराइएको हो ।
एयरलाइन्सको न्यारोबडी जहाजको इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि आकस्मिक अवतरण गराइएको एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए । जहाजमा १५२ जना यात्रु सवार रहेको बताइएको छ । जहाज चेकजाँच गर्दा कुनै खराबी नभएकाले पुनः बैंक उडान भर्ने तयारी भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन