काठमाडौं । नेपाल एयरलाइन्सको जहाजलाई बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट थाइल्याण्डका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपनि बंगलादेशमा आकस्मिक अवतरण गराइएको हो ।
एयरलाइन्सको न्यारोबडी जहाजको इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि आकस्मिक अवतरण गराइएको एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए । जहाजमा १५२ जना यात्रु सवार रहेको बताइएको छ । जहाज चेकजाँच गर्दा कुनै खराबी नभएकाले पुनः बैंक उडान भर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै