काठमाडौँ । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।
एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले १० लाख ९२ हजार ५३६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।
नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ४३ हजार ९६३ मत प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा जनमत पार्टी २ लाख ८७ हजार ५०५ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ६२ हजार ७५७ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३० हजार ४५६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण प्रक्रिया प्रारम्भ
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्