काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएकी छन् । सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
'भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ', उनले सामाजिक सञ्जालमा लेखेकी छन् । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा दलबलसहित महानगरको टोली पुगेपछि तनाव सिर्जना भएको थियो । स्थानीयहरूले महानगरको टोलीमाथि ढुंगामुढा गर्दा प्रहरीसहित दर्जन बढी घाइते भएका छन् ।
यस्तै स्थानीयले सरकार र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललिता निवास जग्गा प्रकरणमा माधव नेपालमाथि अदालतकाे आदेश संसयपूर्ण छ : कृषिमन्त्री भुसाल
मल वितरणमा बद्मासी भयो, कारबाही गर्छौं : मन्त्री भुसाल
दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागिएको हो : कृषिमन्त्री भुसाल
ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ : मन्त्री भुसाल
सुनकोसी मरिण डाइभसर्नले समृद्धिको सपना पूरा गर्छ : मन्त्री भुसाल
हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ : ऊर्जामन्त्री भुसाल