एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ।
सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा सर्वसाधारणले प्रदर्शन गरेको देखिएको हो। एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि स्थानीयले प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका हुन्।
उरुम्कीका बासिन्दा स्थानीय अधिकारीसँग विवाद गरिरहेको तथा तारबार ढलाएको तथा कोरोना लकडाउन अन्त्य गर्न माग गर्दै नाराबाजी गरेको भिडियोमा देखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो समय चीनमा संक्रमण उच्च बनेको छ। चीनले महामारी सुरु भएदेखि नै संक्रमण नियन्त्रणमा लिनका लागि कडा प्रतिबन्धसहितका उपाय अपनाउँदै आएको छ।
गएको बिहीबार अपार्टमेन्टमा आगलागी हुँदा स्थानीय अधिकारीले बच्नका लागि त्यहाँबाट भाग्दै गरेकाहरुलाई रोकेका थिए। अहिले भने प्रतिबन्ध केही खुकुलो बनाइएको छ। गएको अगस्टदेखि नै पश्चिमी सिन्जियाङ्को राजधानीमा लकडाउन कायम छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ मंसिर २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास