एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ।
सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा सर्वसाधारणले प्रदर्शन गरेको देखिएको हो। एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि स्थानीयले प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका हुन्।
उरुम्कीका बासिन्दा स्थानीय अधिकारीसँग विवाद गरिरहेको तथा तारबार ढलाएको तथा कोरोना लकडाउन अन्त्य गर्न माग गर्दै नाराबाजी गरेको भिडियोमा देखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो समय चीनमा संक्रमण उच्च बनेको छ। चीनले महामारी सुरु भएदेखि नै संक्रमण नियन्त्रणमा लिनका लागि कडा प्रतिबन्धसहितका उपाय अपनाउँदै आएको छ।
गएको बिहीबार अपार्टमेन्टमा आगलागी हुँदा स्थानीय अधिकारीले बच्नका लागि त्यहाँबाट भाग्दै गरेकाहरुलाई रोकेका थिए। अहिले भने प्रतिबन्ध केही खुकुलो बनाइएको छ। गएको अगस्टदेखि नै पश्चिमी सिन्जियाङ्को राजधानीमा लकडाउन कायम छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ मंसिर २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’