सेनाद्वारा सैनिक पदमार्ग निर्माण

रासस

बुधबार, १३ असार २०७५, १० : २०
सेनाद्वारा सैनिक पदमार्ग निर्माण

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका– ८ मा रहेको नेपाली सेनाले सैनिक पदमार्ग निर्माण गरेको छ । बडीमालिका नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको समरजीत गुल्मका सेनानी विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।

उहाँले दिएको जानकारीअनुसार नगरपालिकाको रु दुई लाख आर्थिक सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको बताउनुभयो । पदमार्ग निर्माणका लागि नगरपालिकाबाट विनियोजित बजेटबाट रु दुई लाख अपुग भएको उहाँले बताउनुभयो ।

करीब रु पाँच लाखसम्म लाग्ने उक्त मार्गमा नेपाली सेनामा कार्यरत जवानले करीब रु तीन लाखको श्रमदानमा निर्माण गरिएको सेनानी सापकोटाको भनाइ रहेको छ । पदमार्ग मार्तडी—कोल्टी सडकबाट नेपाली सेनाको प्रवेशद्वारसम्म निर्माण गरिएको बताइएको छ ।

उक्त क्षेत्रमा आवतजावत गर्न स्थानीयलाई असहज हुन थालेपछि नेपाली सेनाको आग्रहमा नगरपालिकाले रु दुई लाख रकम निर्माण कार्यमा सहयोग गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभएको छ ।

उहाँले नगरपालिकाको विकासमा कुनै बाधा आउन नहुने बताउनुभयो । सैनिक पदमार्ग निर्माण गरेपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको नगर प्रमुख बडुवालको भनाइ रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस