काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो ताजा मतपरिणामअनुसार माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा जित निकालेको छ ।
निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन बनाएर गए पनि माओवादी केन्द्रले अपेक्षाकृत परिणाम भने हात पार्न सकेको छैन ।हालसम्मको मत परिणाम हेर्दा माओवादी तेस्रो दलको हैसियतमा देखिन्छ । देशभर ४० भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्रले कतिपय स्थानमा हार व्यहोरेको छ भने झण्डै आधा दर्जन निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ ।
हालसम्म १२ जना उम्मेदवारले भने विजय प्राप्त गरिसकेका छन् । जित निकाल्नेमा अध्यक्ष प्रचण्डलगायत छन् । प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उपमहासचिव वर्षमान पुन रोल्पाबाट निर्वाचित भएका छन् ।
अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले रुकुम पश्चिमबाट जित हासिल गरेका छन् । जाजरकोटबाट शक्ति बस्नेत निर्वाचित भएका छन् । रामकुमार राईले खोटाङबाट विजय हासिल गरेका छन् ।
अमनलाल मोदी मोरङ ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सिन्धुपाल्चोक १ बाट माधव सापकोटा, भोजपुरबाट सुदन किराती, सिन्धुली २ बाट लेखनाथ दाहालले जित हात पारेका छन् । यस्तै एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै दाङ २ बाट रेखा शर्मा विजयी भएकी छन् ।
शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेलले बाग्लुङ २ बाट जित निकालेका छन् । पूर्णबहादुर घर्ती मगर रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेसपा एकता पश्चात १५ जना वैकल्पिक केन्द्रीय सदस्य समायोजन
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने