धादिङ १ बाट साझा उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, २० : ३७
धादिङ १ बाट साझा उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित

धादिङ । नेकपा एकीकृत समावादीका नेता एवम् बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् । पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् ।

यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस