बागलुङबाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १६ : ५६
बागलुङबाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित

बाग्लुङ । बागलुङ– को प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् ।

पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्रि २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन् ।

प्रतिक्रिया दिनुहोस