दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत हिँडेको भन्दै विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको हो ।
गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको छ ।
दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए । उनले अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसपछि मात्रै निर्णयमा पुगिने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तरी गोरखाका सबै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो
हेलिकप्टरबाट गणना स्थल ल्याइयो उत्तरी गोरखाको मतपेटिका
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
उदयपुरमा प्रहरीकै हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति
१५ जिल्लाका ६१ स्थानको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने