मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन् ।
उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे । दलबीच विभिन्न गठबन्धन हुनुपनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो ।
विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको राजनीतिक उतारचढावबाट नै लोकतन्त्र परिपक्व र संस्थागत हुने बताए ।
अध्यक्ष यादवले नेपालीको भविष्य राम्रो रहेकामा आफू आशावादी रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिस्टहरू सङ्घीयताको पक्षमा छैनन् : अध्यक्ष यादव