भरतपुर अस्पताल : लाईनमा बस्दै बित्छ बिरामीका दिन !

पत्रपत्रिकाबाट

मंगलबार, १२ असार २०७५, ०८ : ५९
भरतपुर अस्पताल : लाईनमा बस्दै बित्छ बिरामीका दिन !

भरतपुर । पेट दुख्ने समस्या भएका १३ बर्षीय छोरा सुजन लिएर भरतपुर अस्पताल आएकी कालिका नगरपालिका ९ शक्तिखोरकी माया चेपाङले एकै दिनमा उपचार गराउन सकिनन् ।

अस्पतालको टिकट काउन्टरमा लामो लाईन लाग्छ भन्ने थाहा पाएकी उनी विहानै ८ बजे आएकी थिईन् । बल्ल बल्ल विरामी छोरो डाक्टरलाई देखाएपछि भिडियो एक्स रे रगत, दिसा र पिसाबको जाँच गर्नुपर्ने भनियो ।

फेरि आधा घण्टा लाइन बसेर उनले डाक्टरभनेका जाच्का लागि रकम बुझाईन । प्रयोगशालामा रत, दिसा, पिसावको नमुना दिन र भिडियो एक्सरे गराउन पनि उत्तिकै कुर्नुपर्योे ।

भिड हुन्छ भनेर विहानै लाईनमा आएर बसे पनि सबै रिपोर्ट देखाउन भ्याईएन, मायाले भनिन् एकै दिन सबै रिपोर्ट नआाएकाले केहि रिपोर्ट मात्र डाक्टरलाई देखाउन भ्याए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस