बुटवल । रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।
शुक्रवार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु४४प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु१क ५२७६ रेडिमिक्स ९सिमेन्ट घोल्ने सवारी० ले ठक्कर दिँदा मोटरसाइकल चालक सवार कंडेलको निधन भएको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया निवासी ३५ वर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिए ।
रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । विगत ढेड दशकदेखि पत्रकारितामा आवद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रूपमा आवद्ध थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ मंसिर २०७९, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु