४५ हजार गैरसरकारी संस्था अवैध

पत्रपत्रिकाबाट

मंगलबार, १२ असार २०७५, ०७ : ५१
४५ हजार गैरसरकारी संस्था अवैध

काठमाडौं । मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् । हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ ।

परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । परिषदका सूचना अधिकारी हरि तिवारीका अनुसार जुन संस्थाले ३ बर्ष अवधि पूरा गरेको छ, त्यसले मात्रै नवीकरण गर्न पाउँछ ।

प्रतिक्रिया दिनुहोस