फेरि छाउगोठमै फर्किए महिला !

पत्रपत्रिकाबाट

मंगलबार, १२ असार २०७५, ०७ : ४३
फेरि छाउगोठमै फर्किए महिला !

चौकुने गाउँपालिका ६ भावरकी अनीता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन् । तीन बर्षअघि विवाह गरेर भाबर आएकी शर्मालाई महिनावारी हुँदा छाउगोठमा बस्नुअघि भन्ने राम्रोसँग जानकारी छ ।

तर देउता रिसाउने डरले उनी महिनावारी भएका बेला पाँच दिनसम्म छाउगोठमा सुत्न बाध्य छिन् । छाउगोठमा सुत्दा पाँच दिन पाँच बर्षजस्तो लाग्छ, उनले भनिन्, खुल्ला र एकान्त ठाउँमा बनाईएको सानो झुपडीमा रात विताउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन ।

भाबरका ५३ घरधुरीमा महिनावारी हुने महिलाको संख्या अहिले ९० को हाराहारीमा छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस