लोकतन्त्र र संविधान रक्षाको फैसला मंसिर ४ गते हुन्छ : अध्यक्ष केसी

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, २१ : ५४
लोकतन्त्र र संविधान रक्षाको फैसला मंसिर ४ गते हुन्छ : अध्यक्ष केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकोले अरोप लगएका छन् । विहीबार बागलुङमा सत्ता साझेदार गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले लोकतन्त्र र संविधान रक्षाको फैसला मंसिर ४ गते हुने बताएका हुन् ।

अघिल्लो निर्वाचनमा एमालेलाई सघाएर सरकारमा पठाउँदा संविधाननै खतरामा पारेपछि अहिले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए । केसीले २०७२ सालको संविधान जोगाउन बुढेसकालमा निर्वाचन लड्नु परेको बताए ।

धर्म निरपेक्षता र गणतन्त्र तथा संविधान जोगाउने काममा एमालेभन्दा कांग्रेस बढी इमान्दार भएकोले संविधानको रक्षाको लागि ८० बर्षको उमेरमा निर्वाचन लड्न आएको बताए । प्रतिस्पर्धीले आफ्ना केही कमजोरी फेला पार्न नसकेर आफ्नो उमेरको खिल्ली उडाउन खोजेको केसीको टिप्पणी छ ।

पटक–पटक संसद विघटन गरेर नौ महिना सम्म संसदमा धाइहाल्ले एमाले उम्मेदवार अहिले लाज नमानि भोट माग्न आएको बताए । ओलीको गठवन्धनमा दरवारीया सामेल रहेको भन्दै एमालले हिन्दू राष्ट्र बनाउने राजावादीसँग साँठगाँठ गरेर लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस