एजेन्सी । विश्वकै धनाढ्य तथा ट्वीटरका नयाँ मालिक एलोन मस्कले ट्वीटरका कर्मचारीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ काम गर्न प्रतिबद्ध हुन वा कम्पनी छोड्न आदेश दिएका छन् । वासिंगटनपोस्टका अनुसार सासल मिडिया फर्मका नयाँ मालिकले कर्मचारीहरूलाई ईमेलमा भनेका छन कि यदि कामदारहरू बस्न चाहन्छन् भने वाचामा सहमत हुनुपर्छ ।
ट्वीटरमा काम गर्ने वा छोड्ने निर्णय लिन सबै कर्मचारीलाई बिहीबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन् । उनले अगाडि भनेका छन्, ‘तपाईंले जुनसुकै निर्णय गर्नुहुन्छ । ट्विटरलाई सफल बनाउनको लागि तपाईंको प्रयासको लागि धन्यवाद।’
बिहीबार सम्म साइन अप नगर्नेहरूलाई तीन महिनाको तलब दिएर बिदा गर्ने मस्कले बताए । ‘यसको मतलब उच्च तीव्रतामा लामो घण्टा काम गर्ने हो । केवल असाधारण प्रदर्शनले उत्तीर्ण ग्रेड हुनेछ’, उनले भने।
मस्कको योजनाअनुसार काम गर्न तयार रहे नरहेकोबारे कर्मचारीहरूले निर्णय लिनुपर्ने न्युयोर्क टाइम्सले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ मंसिर २०७९, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पार्टी खोल्ने एलन मस्कको घोषणा
ट्रम्पसँगको खटपटपछि एलन मस्कले गरे नयाँ राजनीतिक दल गठनको घोषणा
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क