काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार परिसूचक नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको छ ।आज २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको सेयर किनबेच भएको छ ।
आज लगानीकर्ताले साढे ४ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले साढे ८ प्रतिशतसम्म गुमाएका छन्। कारोबारमा बैंकिङ समूहको उपसूचक १.१०, निर्जीबन बीमा समूहको ६.९९ र ट्रेडिङ समूहको उपसूचक ५.४३ अंकले बढेको छ । यस्तै विकास बैंक समूहको ४४.९७, वित्त कम्पनी २५.२१, जलविद्युत १८.०९, जीवन बीमा ११.७७, उत्पादन तथा प्रशोधन ६४.०५ र माइक्रोफाइनान्स समूहको उपसूचक उपसूचक २५.२८ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार