काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार परिसूचक नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको छ ।आज २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको सेयर किनबेच भएको छ ।
आज लगानीकर्ताले साढे ४ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले साढे ८ प्रतिशतसम्म गुमाएका छन्। कारोबारमा बैंकिङ समूहको उपसूचक १.१०, निर्जीबन बीमा समूहको ६.९९ र ट्रेडिङ समूहको उपसूचक ५.४३ अंकले बढेको छ । यस्तै विकास बैंक समूहको ४४.९७, वित्त कम्पनी २५.२१, जलविद्युत १८.०९, जीवन बीमा ११.७७, उत्पादन तथा प्रशोधन ६४.०५ र माइक्रोफाइनान्स समूहको उपसूचक उपसूचक २५.२८ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार