देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, १२ : ५८
देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जीवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिक खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चतरा झुम्का नहरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ ।


सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस